2 Kings 13:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु तिनीहरूप्रति दयालु अनि कृपालु हुनुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई नाश हुन दिनुभएन; तर अब्राहाम, इसहाक र याकूबसित करार बाँध्‍नुभएकाले तिनीहरूलाई सहायता गर्नुभयो। उहाँले आफ्‍नो प्रजालाई कहिल्‍यै भुल्‍नुभएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब्राहाम, इसहाक र याकूबसितको आफ्‍नो करारको कारण परमप्रभुले तिनीहरूमाथि अनुग्रह गर्नुभयो र तिनीहरूलाई टिठ्याउनुभयो। उहाँले तिनीहरूको वास्‍ता गर्नुभयो। आजको दिनसम्‍मै उहाँले तिनीहरूलाई नाश गर्न अथवा तिनीहरूलाई उहाँको उपस्‍थितिदेखि निकाल्‍न इच्‍छा गर्नुभएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब्राहाम, इसहाक र याकोबसित भएको याहवेहको करारको कारण उहाँ तिनीहरूप्रति अनुग्रही हुनुभयो। अनि उहाँको दया रह्‍यो र उहाँले तिनीहरूप्रति वास्ता देखाउनुभयो। आजको दिनसम्मै उहाँले तिनीहरूलाई नाश गर्न र आफ्नो उपस्थितिबाट निकाल्न इच्छा गर्नुभएको छैन।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु इस्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्राएलीहरूलाई अझसम्म नष्ट अथवा टाढा फ्याँकन चाहादैनन् थिए।