2 Kings 13:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यहोआहाजले परमप्रभुलाई बिन्‍ती गरे अनि अरामका राजाले इस्राएलीहरूलाई कस्‍तो कठोर अत्‍याचार गर्दै थिए, त्‍यो देख्‍नुभएर परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोआहाजले परमप्रभुको निगाह प्राप्‍त गर्न खोजे, र परमप्रभुले तिनको बिन्‍ती सुन्‍नुभयो, किनकि अरामका राजाले इस्राएललाई कति साह्रो अत्‍याचार गरिरहेका उहाँले देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोआहाजले याहवेहको निगाह खोजे। अनि उहाँले तिनको बिन्ती सुन्‍नुभयो; किनकि याहवेहले अरामका राजाले इस्राएललाई कति साह्रो सताइरहेका थिए, त्यो देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुन्नुभयो। परमप्रभुले इस्राएलको संकट अनि अरामका राजाले इस्राएलीमाथि गरेको कष्ट देख्नु भएको थियो।