2 Kings 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएलमा एउटा अगुवा पठाइदिनुभयो, तिनले इस्राएलीहरूलाई अरामीहरूको हातबाट मुक्त गरे र तिनीहरू अघिझैँ शान्‍तिसँग बास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले इस्राएलको निम्‍ति एउटा उद्धारक नियुक्त गर्नुभयो, र तिनीहरू अरामको शक्तिबाट मुक्त भए। अनि इस्राएलीहरू फेरि आफ्‍नै घरहरूमा अघि बसेजस्‍तै बसोबास गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलको निम्ति एक जना छुटकारा दिने व्यक्तिको प्रबन्ध गरिदिनुभयो, र तिनीहरू अरामको शक्तिबाट उम्के। यसकारण इस्राएलीहरू पहिलेझैँ आफ्नै घरहरूमा बस्‍न थाले।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले इस्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्राएलीहरू आ-आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।