2 Kings 13:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोआहाजसित पचास घोडचढी सैनिक, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक अरू लड्‍ने हतियार भएको सेना थिएन किनभने बाँकी सबैलाई अरामका राजाले नाश पारेर धूलोलाई झैँ पैतालाले दलेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोआहाजको निम्‍ति पचास वटा घोड़चढ़ी, दश वटा रथ र दश हजार पैदल सिपाहीहरूबाहेक अरू केही सेना बाँकी रहेनन्, किनकि अरामका राजाले अरू सबैलाई सर्वनाश गरेर खलाको धूलोजस्‍तै पारेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोआहाजको फौजमा पचास घोडचढी, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक केही पनि छोडिएन। किनकि बाँकीलाई अरामका राजाले नाश गरिदिएका थिए र तिनीहरूलाई दाइँ गर्ने समयमा उठेको धुलोझैँ बनाइदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।