2 Kings 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अमस्‍याहले त्यो कुरा सुनेनन्। यसकारण इस्राएलका राजा येहोआश सेना लिएर अघि बढे अनि तिनीसित यहूदाको बेथ-शेमेशमा लडाइँ गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि अमस्‍याहले यस कुरामा ध्‍यानै दिएनन्‌। यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे, र तिनी र यहूदाका राजा अमस्‍याहले यहूदाको बेथ-शेमेशमा एक-अर्काको सामना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि अमस्याहले सुनेनन्। यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।
Nepali ERV (पवित्र बाइबल)
तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे।