2 Kings 14:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहोआशले अमस्याहलाई कैदी बनाए, यरूशलेममाथि आक्रमण गरे र सहरको पर्खाल एफ्राइम ढोकाबाट कुने ढोकासम्म भत्काइदिए। ती ढोकाका बीचको अन्तर प्राय: दुई सय मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। त्यसपछि येहोआश यरूशलेममा गए, र एफ्राइमको ढोकादेखि कुने ढोकासम्म प्राय: दुई सय मिटर लामो सहरका पर्खालको एक भाग भत्काइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआश यरूशलेममा गएर यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैमद्वारा देखि कुनाको द्वारसम्म भत्काए।