2 Kings 14:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहोआहाजले गरेका अरू सबै कुराहरू, यहूदाका राजा अमस्‍याहका विरुद्धमा लडाइँ गर्दा उनले गरेका बहादुरीका कामसमेत इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोआहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू र तिनका उपलब्‍धिहरू, र यहूदाका राजा अमस्‍याहको विरुद्ध गरेको युद्ध के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहोआशका शासनकालका अरू घटनाहरू, तिनका सबै काम र तिनका उपलब्धीहरू अनि यहूदाका राजा अमस्याहको विरुद्धमा लडेको युद्धको विषयमा, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।