2 Kings 14:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले अघि इस्राएलका अधीनमा भएका सारा भूमि उत्तरमा हमात घाटीदेखि दक्षिणमा नुन सागरसम्‍म जितेर फिर्ता लिए। परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना सेवक गात-हेपेरका अमित्तैको छोरो योना अगमवक्ताद्वारा यो करार गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना दास गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा भन्‍नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्‍म इस्राएलका सिमाना फेरि स्‍थिर गर्ने तिनी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले नै अमित्तैका छोरा, गात-हेपेरबाटका याहवेहको सेवक अगमवक्ता योनाद्वारा याहवेह इस्राएलका परमेश्‍वर बोल्नुभएको वचनअनुसार लेबो-हमातदेखि मृत सागरसम्म यरूशलेमको सिमानाहरू फिर्ता गराएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।