2 Kings 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि उनले बुबाका हत्‍याराहरूका सन्‍तानलाई मारेनन्; तर परमप्रभुले मोशाका नियममा दिएका यो आज्ञाअनुसार नै गरे, “छोरा-छोरीहरूले गरेका अपराधको निम्‍ति आमा-बुबाहरू अनि आमा-बुबाले गरेका अपराधको निम्‍ति छोरा-छोरीहरू मारिनुहुन्‍न। आफैंले गरेको पापको निम्‍ति मात्र मानिस मारिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएअनुसार यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनले हत्‍याराका छोराहरूलाई मारेनन्‌: “बुबाहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्‍ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधहरूका निम्‍ति मरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले ती हत्याराहरूका सन्तानलाई मारेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर उसले हत्याराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको नियमहरू व्यवस्था पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मार्नु हुँदैन। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मार्नु हुँदैन। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मार्नु पर्छ।”