2 Kings 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अमस्‍याहले इस्राएलका राजा येहोआशलाई लडाइँ गर्ने चुनौति दिएर खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि अमस्‍याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको चुनौती दिए, “आऊ, मसँग आमनेसामने लड़।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अमस्याहले इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा येहोआशकहाँ दूतहरूद्वारा यसो भनेर युद्धको चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”
Nepali ERV (पवित्र बाइबल)
अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”