2 Kings 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येहोआश राजाले यस्‍तो जवाफ पठाए, “एक चोटि लेबनानको डाँडाको एउटा काँढे पोथ्राले एउटा देवदारुको रूखलाई यस्‍तो खबर पठाएछ, ‘मेरो छोरोसित विवाह गर्न तिम्री छोरी देऊ।’ एउटा जङ्गली जनावर त्‍यो पोथ्राको नजिक आई कुल्‍चेर गएछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहलाई यस्‍तो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर समाचार पठायो, ‘तिम्री छोरी मेरो छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्‍यसबाट भएर आयो, र त्‍यस सिउँड़ीलाई कुल्‍चिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारू रूखले खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरालाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो।