2 Kings 15:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनहेम तिर्साबाट जाँदा उनले तिफसा सहर र त्‍यसका बासिन्‍दाहरू र छेउछाउका इलाका पूरा नाश गरे किनभने त्‍यस सहरले उनको अघि समर्पण गरेन। उनले गर्भवती स्‍त्रीहरूका पेटसमेत चिरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै बेला मनहेम तिर्साबाट सुरु गरेर तिफसा र त्‍यसका छेउछाउको हरेकलाई आक्रमण गरे, किनभने उनीहरूले तिनको निम्‍ति त्‍यसका ढोकाहरू खोल्‍न इन्‍कार गरे। तिनले तिफसालाई ध्‍वंस गरे, र सबै गर्भवती स्‍त्रीहरूका पेट चिरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला मनहेमले तिर्साबाट सुरु गरेर तिप्सालाई आक्रमण गरे। सहर र त्यसका चारैतिरका प्रत्येकलाई पनि तिनीहरूले आफ्ना मूलढोकाहरू खोलिदिन नमानेकाले आक्रमण गरे। तिनले तिसालाई लुटे। अनि सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए।
Nepali ERV (पवित्र बाइबल)
शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।