2 Kings 15:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू नमरेसम्‍म इस्राएललाई पाप गराएर मनहेमले परमप्रभुको विरुद्धमा पाप गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट आफ्‍ना सम्‍पूर्ण राजकालभरि नै तिनी फर्केनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।