2 Kings 15:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरका राजा तिग्लत-पिलेसेरले इस्राएलमाथि हमला गरे र मनहेमले देशमा आफ्नो शक्ति बलियो बनाउन उनको मद्दत लिने विचारले उनलाई चौंतीस हजार किलोग्राम चाँदी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अश्शूरका राजा पूलले देशलाई आक्रमण गरे, र राज्यमा आफ्नो राजकीय अधिकार बलियो पार्नलाई मनहेमले पूललाई एक हजार तोड़ा चाँदी दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट चाँदी दिए।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्।