2 Kings 15:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका धनी मानिसहरूलाई प्रत्येक चाँदीका पचास टुक्रा दिन कर लगाएर मनहेमले त्यो धन जगेडा गरे। तिग्लत-पिलेसेर आफ्नै देशमा फर्किगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनहेमले इस्राएलबाट यो रुपियाँपैसा जबरदस्तसाथ लिए। हरेक धनी मानिसले अश्शूरका राजालाई पचास शेकेल चाँदी दिनुपर्थ्यो। त्यसकारण अश्शूरका राजा फर्केर त्यस देशमा बसेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।