2 Kings 15:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पकहीयाका सेनाका एक जना अधिकृत अथवा रमल्याहको छोरो पेकहले गिलादका पचास जना मानिसहरूसँग मिलेर जाल रचे। उनले सामरियाको भित्री किल्लाभित्र पकहीयालाई मारे र आफू राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका मुख्य अधिकृतहरूमध्येका एक जना, रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र रचे। गिलादका पचास जना मानिसहरू आफ्नो साथमा लिएर सामरियामा भएको राजमहलको गढ़ीभित्र पसीकन पेकहले पकहीयालाई अनि अर्गोब र अरिहलाई पनि मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका मुख्य अधिकृतहरूमध्ये एक जना रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र गरे। आफूसित गिलादका पचास जना मानिसहरू लिएर तिनले सामरियामा भएको राजमहलको गढीमा पकहीया अनि अर्गोब र अरिहलाई मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।