2 Kings 15:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पेकह राजा भएको बेलामा अश्शूरका राजा तिग्लत-पिलेसेरले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर सहरहरू लिए, गिलाद, गालील र नप्तालीका इलाकाहरू कब्जा गरे र मानिसहरूलाई कैद गरी अश्शूरमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेरले आएर इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोर लिए। उनले गिलाद र गालील, नप्तालीका सबै जग्गासमेत लिए, र मानिसहरूलाई अश्शूर देशमा कैद गरेर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए। अनि इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोरलाई लिए। तिनले गिलाद, गालील अनि नप्तालीका सम्पूर्ण भूमि लिए। मानिसहरूलाई बन्दी बनाएर अश्शूर लगे।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।