2 Kings 15:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्‍जियाहको छोरो अथवा यहूदाका राजा योतामको राजमहलको बीसौं वर्षमा एलाहको छोरो होशियाले पेकह राजाको विरुद्धमा षड्यन्‍त्र गरेर उनलाई मारे र उनको ठाउँमा राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलाहका छोरा होशियाले रमल्‍याहका छोरा पेकहको विरुद्धमा षड्‌यन्‍त्र रचे। होशियाले आक्रमण गरेर तिनको हत्‍या गरे, र उज्‍जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे। तिनले उनीमाथि आक्रमण गरेर उनलाई मारे। त्यसपछि उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं वर्षमा भयो।