2 Kings 15:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मूर्तिपूजकहरूका पूजा-स्थलहरू ध्वंस पारेनन् र मानिसहरूले ती ठाउँमा बलि चढाइरहे र धूप बालिरहे। मन्दिरको माथिल्लो उत्तरी ढोका बनाउने योताम नै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि डाँड़ाका अल्गा-अल्गा ठाउँहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे। योतामले नै परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको पुनर्निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि अल्गा देवस्थानहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे। योतामले याहवेहको मन्दिरको माथिल्लो मूलढोका पुनर्निर्माण गरे।
Nepali ERV (पवित्र बाइबल)
तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।