2 Kings 15:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योताम मरे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योताम आफ्‍ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाज राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योताम आफ्ना पुर्खाहरूसित सुते र आफ्ना पिताको सहर दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाजले राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।