2 Kings 15:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उज्‍जियाहलाई पछिबाट डरलाग्‍दो कुष्ठरोगले नमरुञ्‍जेल पीडित पार्नुभयो। उनी एउटा घरमा एक्लै बस्‍थे, कुनै काम तिनले गर्नुपर्दैनथ्‍यो अनि उनका छोरा योतामले देशमा राज्‍य गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले राजालाई मरणान्‍त कुष्‍ठरोगले प्रहार गर्नुभयो, र तिनी भिन्‍दै घरमा बस्‍थे। राजाका छोरा योतामले नै राजमहलको जिम्‍मा लिएका थिए र देशका प्रजामाथि राज्‍य गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले राजालाई कुष्‍ठरोगले प्रहार गर्नुभयो। तब तिनी नमरेसम्म एउटा अलग्गै घरमा बसे। राजाका छोरा योताम महलको जिम्मामा बसे। तिनले देशवासीहरूमाथि शासन गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।