2 Kings 15:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी अघिका राजाहरूले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे। इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबामको दुष्ट चालमा उनी हिंडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना पुर्खाहरूले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना पुर्खाहरूले झैँ याहवेहको दृष्टिमा दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।