2 Kings 16:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनले उरियाहलाई आज्ञा गरे, “यो मेरो ठूलो नयाँ वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि, राजा र प्रजाले चढाएका होमबलि र अन्नबलि र मानिसहरूका मद्यबलिहरू चढाउने गर। त्यसमा बलि चढाएका सबै पशुहरूको रगत खन्याऊ। तर काँसाको वेदीचाहिँ मलाई जोखना हेर्न राखिदेऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि राजा आहाजले पूजाहारी उरियाहलाई यस्तो हुकुम गरे: “यस ठूलो नयाँ वेदीमा बिहानको होमबलि र बेलुकाको अन्नबलि, राजाको होमबलि र तिनको अन्नबलि, र देशका सबै मानिसहरूका होमबलि र तिनीहरूको अन्नबलि र अर्घ-बलि चढ़ाउने गर। वेदीमा होमबलि र बलिदानहरूको सबै रगत छर्कनू। तर काँसाको वेदीचाहिँ म आफ्नो पथप्रदर्शनको लागि प्रयोग गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई यो हुकुम दिए: “नयाँ ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि, राजाको होमबलि र उहाँको अन्नबलि, सारा देशवासीहरूका होमबलि अनि तिनीहरूका अन्नबलि, अर्घबलि चढाउनू। वेदीमाथि होमबलि र बलिदानहरूका रगत छर्कनू। तर काँसोको वेदीचाहिँ अगुवाइ खोज्नलाई म प्रयोग गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा ठूलो वेदी प्रयोग गर। ठूलो वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्कनु। तर म परमेश्वरसँग प्रश्न सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।”