2 Kings 16:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाज राजाले मन्‍दिरमा चलाउने काँसाका गाडीहरू अलग-अलग गरेर टुक्रा पारे र तिनमा राखिएका भाँडाहरू हटाए। उनले काँसाका बाह्र वटा साँढेहरूको ढाडमाथि राखिएका काँसाको पानीट्याङ्की पनि लिएर ढुङ्गाको जगमाथि राखे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा आहाजले ठेला-गाड़ीहरूबाट तिनका वरिपरि भएका पाटाहरू र तिनका बाटाहरू हटाए। तिनले विशाल खड्‌कुँलो त्‍यसलाई थामिराख्‍ने काँसाका साँढ़ेहरूबाट निकालेर ढुङ्गाको आधारमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा आहाजले ठेलागाडाका खाँबाहरूबाट छेउका तखताहरू निकाले, र बाटाहरूलाई हटाइदिए। तिनले खड्कुँलोलाई थामिराख्ने काँसोका साँढेहरूलाई हटाए, र ढुङ्गाको आधारमा राखे।
Nepali ERV (पवित्र बाइबल)
काँसाका पाटाहरू भएका गोरूगाडिहरू र हात धुने भाँडाहरू पूजाहारीहरूका लागि थिए। राजा आहाजले सबै पाटाहरू तथा भाँडाहरू निकाले। उनले ठूलो खँड्कुला पनि निकाले जसको तल काँसाका गोरूहरू उभिएका थिए। उनले ठूलो खँड्कुलो ढुंङ्गाको आधरमाथि राखे।