2 Kings 16:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको उमेर बीस वर्ष भएको थियो र उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। उनले आफ्ना पुर्खा दाऊदको असल चाल पछ्याएनन्; तर परमप्रभु आफ्ना परमेश्वरलाई अप्रसन्न गराउने काम गरेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब आहाज राजा भए तब तिनी बीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे ठिक थियो, त्यो गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
आहाज 20 वर्षका थिए जब तिनी राजा भए। आहाजले यरूशलेममा 16 वर्ष शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्ता थिएनन् आहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो।