2 Kings 16:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र इस्राएलका राजाहरूको चालमा चले। इस्राएलीहरू अघि बढेर आउँदा जुन मानिसहरूलाई परमप्रभुले त्यस देशबाट धपाउनुभएको थियो, तिनीहरूकै घिनलाग्दो चालमा चलेर उनले आफ्नै छोरालाई पनि बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाहरूका चालमा तिनी हिँड़े। इस्राएलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्नुभएको थियो, तिनीहरूकै घिनलाग्दा चालमा हिँड़ेर तिनले आफ्नो छोरालाई पनि आगोमा होम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी इस्राएलका राजाहरूका चालमा हिँडे। अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालअनुसार चलेर आफ्नै छोरालाई समेत आगोमा बलिदान गरे।
Nepali ERV (पवित्र बाइबल)
आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो।