2 Kings 16:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(त्यही बेला एदोमका राजाले एलात सहर फेरि अधीनमा लिए र त्यहाँ बस्ने यहूदीहरूलाई धपाए। एदोमीहरू त्यहाँ बसोबास गर्न लागे र आजसम्म त्यहाँ छन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर एलातलाई अरामको निम्ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे, र आजको दिनसम्म त्यसमा बसोबास गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर अरामको निम्ति एलात फेरि जितेर लिए। तब एदोमीहरू एलातमा सरेर गए, र आजको दिनसम्म त्यहीँ बसेका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।