2 Kings 16:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरलाई यो खबर दिन मानिसहरू पठाए, “म तपाईंको विश्वासी सेवक हुँ। आएर मलाई अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्, तिनीहरूले मलाई हमला गर्दै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर समाचारवाहकहरू पठाए, “म तपाईंको दास र तपाईंकै मातहत सेवक हुँ। मलाई आक्रमण गर्ने अरामका राजा र इस्राएलका राजाबाट आएर मलाई बचाउनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर दूतहरू पठाए, “म तपाईंको सेवक र छोराजस्तै हुँ। कृपया आएर मलाई आक्रमण गर्ने अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
आहाजले अश्शूरका राजा तिग्लत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियोः “म तिम्रो सेवक हुँ। म तिम्रो छोरा जस्तै हुँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।”