2 Kings 16:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाजको बिन्तीअनुसार तिग्लत-पिलेसेर आफ्ना सेना लिएर दमस्कसमाथि आक्रमण गरी कब्जा गरे। तिनले रसीन राजालाई मारे र मानिसहरूलाई कैदी बनाई कीरमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्शूरका राजाले तिनका कुरा सुने, र दमस्कसलाई आक्रमण गरेर उनले त्यो कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई निर्वासन गरेर कीरमा लगे, र रसीनलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजाले तिनका कुरा माने; र दमस्कसमाथि आक्रमण गरे। अनि त्यसलाई कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई निकालेर कीरमा लगे, र रसीनलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले आहाजको कुरा सुने। अश्शूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाएर किर लगे र उनले रसीनलाई पनि मारे।