2 Kings 17:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले जुन मानिसहरूलाई देशबाट धपाएका थिए, तिनीहरूको प्रथाअनुसार इस्राएलीहरूले मूर्तिपूजा गर्ने वेदीहरूमा धूप बाले। आफ्ना दुष्कर्मले तिनीहरूले परमप्रभुको क्रोध जगाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका सामुन्नेबाट निकालिएका जातिहरूले गरेझैँ हरेक अल्गा ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे, जसले गर्दा परमप्रभुलाई रीस उठ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले प्रत्येक अल्गा देवस्थानमा याहवेहले तिनीहरूको सामु धपाइदिनुभएका जातिहरूले गरेझैँ धूप बाले। तिनीहरूले दुष्ट काम गरेर याहवेहलाई रिस उठाए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न वाध्य गराउनुभएको थियो। इस्राएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रीस उठायो।