2 Kings 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले अगमवक्ता र सन्‍देश-वाहकहरू पठाएर इस्राएल र यहूदालाई यो चेतावनी दिनुभएको थियो, “तिम्रा दुष्‍ट चालहरू छोड र मेरा आज्ञा मान, ती आज्ञा मैले तिम्रा पुर्खाहरूलाई दिएँ र मेरा सेवक अगमवक्ताहरूद्वारा तिमीहरूलाई पनि दिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्‍ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इस्राएल र यहूदालाई गम्‍भीर चेताउनी दिनुभयो: “तिमीहरूले आफ्‍ना खराब चाल छोड़। मेरा आज्ञाहरू र उर्दीहरू सम्‍पूर्ण व्‍यवस्‍थाअनुसार पालन गर, जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्‍नू भनी आज्ञा गरेको थिएँ, र मेरा दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएल र यहूदालाई आफ्ना सबै अगमवक्ताहरू र दर्शीहरूद्वारा यसो भनेर चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना कुमार्गबाट फर्क। मैले तिमीहरूका पितापुर्खाहरूलाई सुम्पेका सम्पूर्ण व्यवस्थाअनुसार मेरा आज्ञाहरू र उर्दीहरू पालन गर्नू, जसलाई मैले आफ्ना सेवक र अगमवक्ताहरूद्वारा तिमीहरूकहाँ पुर्‍याएको छु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।”