2 Kings 17:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै नियमहरू भङ्ग गरे र पुज्‍न धातुका दुई वटा साँढे बनाए। तिनीहरूले अशेरा देवीको एउटा मूर्ति बनाए, ताराहरू पुजे र बाल-देवताको सेवा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै आज्ञाहरू त्‍यागे, र आफ्‍ना निम्‍ति बाछाको आकारमा ढालेर बनाइएका दुई वटा मूर्तिहरू र एउटा अशेरा देवीको खम्‍बा बनाए। तिनीहरू आकाशका सबै तारामण्‍डलको सामुन्‍ने घोप्‍टो परे, र बालको पूजा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरका सबै आज्ञाहरू त्यागे। आफ्नो लागि दुई वटा धातुका मूर्तिहरू, एउटा बाछाको रूपमा र अर्को अशेराको खाँबो बनाए। तिनीहरू आकाशका सारा तारामण्डलको अगि निहुरे। अनि तिनीहरूले बाललाई पुजे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।