2 Kings 17:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै इस्राएलीहरूलाई दण्ड दिनुहुँदै र निष्ठुरी शत्रुहरूका हातमा छोडिदिनुभएर परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभयो र अन्तमा आफ्ना दृष्टिबाट हटाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई त्याग्नुभयो। उहाँले तिनीहरूलाई कष्ट दिनुभयो, र लूटपीट गर्नेहरूका हातमा सुम्पिदिनुभयो, जबसम्म तिनीहरूलाई आफ्नो उपस्थितिदेखि फालिदिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले इस्राएलका सबै मानिसहरूलाई त्यागिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नफालेसम्म तिनीहरूलाई दुःख दिनुभयो, र लुटेराहरूका हातमा सुम्पिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।