2 Kings 17:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएललाई यहूदाबाट अलग गर्नुभएपछि इस्राएलीहरूले नबातको छोरो यारोबामलाई आफ्‍ना राजा बनाए। यारोबामले तिनीहरूलाई परमप्रभुबाट टाढा गराएर डरलाग्‍दा पाप गर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँले इस्राएललाई दाऊदको घरानाबाट अलग गर्नुभयो, तब तिनीहरूले नबातका छोरा यारोबामलाई राजा तुल्‍याए। यारोबामले इस्राएललाई परमप्रभुको पछि लाग्‍नुबाट फकाएर एउटा ठूलो पाप गर्न लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले इस्राएललाई दावीदको घरानाबाट अलग गर्नुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले इस्राएललाई याहवेहको पछि नलाग्नलाई उक्साए र तिनीहरूलाई ठूलो पाप गर्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इस्राएलीहरूले नाबातका छोरा योरोवामलाई आफ्नो राजा बनाए। यारोवामले इस्राएलीहरूलाई परमप्रभुको अनुसरण गर्न नदिएर टाढ राखे यारोवामले इस्राएलीहरूलाई ठुलो पाप गर्न लगाए।