2 Kings 17:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍तमा परमप्रभुले जसरी उहाँले आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो, त्‍यसरी नै तिनीहरूलाई आफ्‍ना नजरबाट टाढा गर्नुभयो। यसकारण इस्राएलका मानिसहरू कैदी भएर आफ्‍ना देशबाट अश्‍शूरमा लगिए। तिनीहरू आजसम्‍म त्‍यहीँ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्‍म परमप्रभुले आफ्‍ना सबै दास अगमवक्ताहरूद्वारा चेताउनी दिनुभएझैँ तिनीहरूलाई आफ्‍नो उपस्‍थितिबाट निकाल्‍नुभएन। यसैले इस्राएलका मानिसहरू आफ्‍नो मातृ-भूमिबाट अश्‍शूर देशमा निर्वासित गरिएर लगिए, र तिनीहरू अझै पनि त्‍यहीँ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो; जस्तो कि उहाँले आफ्ना सबै सेवक र अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो। यसकारण इस्राएलका सन्तान आफ्नो देशबाट निकालिए। अनि अश्शूरमा कैदमा लगिए, र तिनीहरू आजको दिनसम्म त्यहीँ छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।