2 Kings 17:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरका राजाले कैदमा लगिएका इस्राएलीहरूका सट्टामा बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेम सहरबाट मानिसहरू लगेर सामरियाका सहरहरूमा बसाले। ती सहर तिनीहरूले अधीनमा लिए र त्यहाँ बसोबास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याएर उनीहरूलाई इस्राएलीहरूका सट्टामा सामरियाका नगरहरूमा बसाले। उनीहरूले सामरिया कब्जा गरे, र उनीहरू त्यसका नगरहरूमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याए। अनि तिनीहरूलाई इस्राएलीहरूको सट्टामा सामरियाका सहरहरूमा बसोबास गराए। तिनीहरूले सामरिया अधिकारमा लिए, र त्यसका सहरहरूमा बसे।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले।