2 Kings 17:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू त्यहाँ पहिले बास गर्दा परमप्रभुलाई पुजेनन्, परमप्रभुले सिंहहरू पठाउनुभयो र कति जनालाई सिंहले मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनीहरू पहिले त्यहाँ बसे, उनीहरूले परमप्रभुको उपासना गरेनन्। यसैले परमप्रभुले उनीहरूका बीचमा सिंहहरू पठाइदिनुभयो, र तिनीहरूले केही मानिसहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सुरुमा त्यहाँ बस्दा तिनीहरूले याहवेहलाई पुजेनन्; यसकारण उहाँले तिनीहरूकहाँ सिंहहरू पठाउनुभयो, र केही मानिसहरूलाई सिंहहरूले मारिदिए।
Nepali ERV (पवित्र बाइबल)
जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे।