2 Kings 17:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सामरियाका सहरहरूमा बास गर्न पठाएका मानिसहरूले त्‍यस देशका देवताका नियम-कानुनहरू जान्‍दैनन्, त्‍यसैले ती देवताले सिंहहरू पठाउनुभएको थियो र सिंहले तिनीहरूलाई मार्दैछन् भनी अश्‍शूरका राजालाई खबर भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूरका राजालाई यस्‍तो प्रतिवेदन पठाइयो: “हजूरले निर्वासन गरेर पठाउनुभएका र सामरियाका नगरहरूमा बसोबास गरेका मानिसहरूले त त्‍यस देशका देवतालाई चाहिने काम जान्‍दैनन्‌। उनीहरूले यो नजानेका हुनाले ती देवताले उनीहरूका बीचमा सिंहहरू पठाएर तिनीहरूले उनीहरूलाई मार्दैछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजालाई यो खबर दिइयो: “तपाईंले ल्याएर सामरियाका सहरहरूमा बसोबास गर्न लगाउनुभएका मानिसहरूले त्यस ठाउँका देवताले के चाहन्छ, त्यो जान्दैनन्। उहाँले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभएको छ, जसले तिनीहरूलाई मारिरहेका छन्। किनकि उहाँले के चाहनुहुन्छ, ती मानिसहरूले जान्दैनन्।”
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरूले अश्शूका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लग्यौ अनि सामरियाका शहरहरूमा बस्न लगायौ। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।”