2 Kings 17:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्‍शूरका राजा शलमनेशेरले तिनीसित लडाइँ गरे। होशियाले शलमनेशेरको सामुन्‍ने समर्पण गरे र वर्षेनी उनलाई कर तिर्ने गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गर्न आए। होशियाले उनका अधीनमा भएर उनलाई कर तिरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजा शलमनेशेर आएर होशियालाई आक्रमण गरे। होशिया शलमनेशेरका अधीनमा रहेका थिए र तिनलाई कर तिर्ने गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले।