2 Kings 17:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अव्वाका मानिसहरूले नेभज र तर्ताकका मूर्तिहरू र सपर्बेमका मानिसहरूले अद्रम्मलेक र अनम्मलेक देवताका मूर्तिहरू बनाए। सपर्बेमीहरूले आफ्ना छोरा-छोरीहरू आफ्ना देवतालाई होमबलि चढाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अव्वीहरूले नेभज र तर्ताकलाई बनाए, अनि सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई बलिदान स्वरूप आगोमा होम गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अव्वीहरूले नेभज र तर्ताक बनाए। सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई आगोमा बलिदान चढाउँथे।
Nepali ERV (पवित्र बाइबल)
अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए।