2 Kings 17:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूले परमप्रभुलाई पनि पुज्‍थे र मूर्तिपूजा गर्नेहरूका पूजा-स्‍थलहरूमा पूजाहारी काम गर्न र बलि चढाउन पनि आफ्‍नै माझबाट सबै थरीका मानिसहरूलाई छान्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले परमप्रभुको उपासना त गर्थे, तापनि अल्‍गा-अल्‍गा ठाउँमा भएका देवताथानहरूका लागि पूजाहारी काम गर्नलाई आफ्‍नै जातिबाट पनि उनीहरूले मानिसहरू नियुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहको आराधना गरे; तर अल्गा देवस्थानहरूका लागि पुजारी काम गर्नलाई आफ्नै जातिबाट मानिसहरू नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए।