2 Kings 17:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरूले परमप्रभुलाई पुज्‍दथे; तर आफू आएका देशका रीतिथितिहरूअनुसार आफ्‍नै देवताहरूलाई पनि पुज्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले परमप्रभुको उपासना गर्थे, तर जुन जातिहरूबाट उनीहरू ल्‍याइएका थिए, उनीहरूकै रीतिअनुसार चलेर उनीहरूले आफ्‍नै देवताहरूको सेवा पनि गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहको आराधना गरे। तर तिनीहरूले आफूलाई ल्याइएका देशहरूका रीतिअनुसार आफ्नै देवताहरूको पनि सेवा गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो।