2 Kings 17:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आजसम्म आफ्ना पुराना रीतिथितिहरू चलाउँछन्। तिनीहरूले परमप्रभुलाई पुज्दैनन् न त उहाँले याकूब र उनका सन्तानलाई दिनुभएका नियम र आज्ञाहरू नै पालन गर्छन्, जसलाई उहाँले इस्राएल नाम दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले अघि-अघिका रीतिहरू आजको दिनसम्मै चलाइराखेका छन्। उनीहरू न त परमप्रभुको उपासना गर्छन्, न उहाँका उर्दीहरू र विधिहरू, र उहाँका विधान र आज्ञाहरू पालन गर्छन्, जुन उहाँले याकूबका सन्तानहरूलाई दिनुभयो, जसको नाउँ उहाँले इस्राएल भनी राख्नुभएको थियो, सो पालन गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आजको दिनसम्म नै तिनीहरू आफ्नै रीतिअनुसार चल्छन्। तिनीहरूले न त याहवेहको आराधना गर्छन्; न त इस्राएल नाम दिनुभएको याकोबका सन्तानलाई उहाँले दिनुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरूमा नै पालना गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्।