2 Kings 17:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूसित एउटा करार बाँध्‍नुभएर यस्‍तो आज्ञा दिनुभएको थियो, “तिमीहरूले अरू देवताहरू नपुज्‍नू, तिनीहरूलाई नढोग्‍नू, बलि नचढाउनू र तिनको सेवा नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभुले इस्राएलीहरूसँग करार बाँध्‍नुभयो, तब उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूको उपासना नगर्नू, अथवा तिनीहरूका सामु तिमीहरू ननिहुरनू, वा तिनीहरूको सेवा नगर्नू, वा तिनीहरूलाई बलिदान चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलीहरूसित करार बाँध्नुहुँदा उहाँले तिनीहरूलाई यसो भनेर आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूलाई नपुज्नू; तिनीहरू सामु ननिहुरनू, तिनीहरूको सेवा नगर्नू, न त तिनीहरूकहाँ बलिदान नै चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन।