2 Kings 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एक वर्ष तिनले मानिसहरू पठाएर मिश्रका राजाबाट मद्दत मागे र अश्‍शूर देशका राजालाई कर तिरेनन्। त्‍यो थाहा पाएर शलमनेशेरले होशियालाई बन्‍दी बनाए र झ्‍यालखानमा हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अश्‍शूरका राजाले होशियाले विश्‍वासघात गरेका देखे, किनकि तिनले मिश्रदेशका राजा सोकहाँ राजदूतहरू पठाएका थिए र बर्सेनि पठाउने कर रोकेका थिए। यसैकारण शलमनेशेरले तिनलाई कैद गरेर झ्‍यालखानमा हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अश्शूरका राजाले तिनले इजिप्टका राजा सोकहाँ दूतहरू पठाएको र उनलाई हरेक वर्ष कर तिर्न छाडेको कारण, होशिया विश्‍वासघाती भएको थाहा पाए। यसकारण शलमनेशेरले तिनलाई पक्रे, र झ्यालखानामा हालिदिए।
Nepali ERV (पवित्र बाइबल)
पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्‌यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।