2 Kings 17:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी ती मानिसहरूले परमप्रभुलाई पुज्दथे तर तिनीहरूले आफ्ना मूर्तिहरू पनि पुज्दथे र आजसम्म तिनका सन्तानले त्यसै गरिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको उपासना गर्दागर्दै पनि तिनीहरूले आफ्नै मूर्तिहरूको सेवा गरिरहे। आजको दिनसम्मै तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरू आफ्ना पिता-पुर्खाहरूका चालमा हिँड्दैआएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरूले याहवेहलाई आराधना गरे तापनि तिनीहरूले आफ्नै मूर्तिहरूका सेवा गरिरहे। आजको दिनसम्म नै तिनीहरूका छोराछोरी र नातिनातिनाहरू आफ्ना पितापुर्खाहरूले गरेझैँ गर्दै आइरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा छोरी र नाता नातिनीहरू त्यही काम गर्छन जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अझै पनि ती कामहरू गर्छन्।