2 Kings 17:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन होशियाको शासनकालको नवौँ वर्ष थियो, अश्‍शूरी राजाले सामरिया कब्‍जा गरे, इस्राएलीहरूलाई कैद गरी अश्‍शूरमा लगे र कतिलाई हलह सहरमा, कतिलाई गोजान जिल्‍लाको हाबोर नदीछेउ र कतिलाई मादीका सहरहरूमा बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्‍जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्‍शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे। अनि इस्राएलीहरूलाई त्यहाँबाट कैदी बनाएर अश्शूरमा लगे। तिनले तिनीहरूलाई हलहमा, हाबोर नदीको छेउमा, गोजानमा र मादीहरूका सहरहरूमा बसोबास गराए।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।