2 Kings 17:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रमा राजाका हातबाट छुटकारा दिई त्‍यसबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका हुनाले सामरियाको हार भयो। तिनीहरूले अरू देवताहरूलाई पुजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै भएको कारणचाहिँ यही थियो, कि मिश्रदेशका राजा फारोको शक्तिबाट मिश्रदेशदेखि निकालेर ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले तिनीहरूलाई इजिप्टका राजा फारोको शक्तिबाट निकालेर ल्याउनुहुने याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेको परिणाम स्वरूप यी सबै हुन आए। तिनीहरूले अरू देवी-देवताहरूलाई पुजे।
Nepali ERV (पवित्र बाइबल)
यस्ता घटनाहरू भए किनभने इस्राएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरूद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इस्राएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले।