2 Kings 17:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना प्रजा अगाडि बढ्दैआउँदा परमप्रभुले त्‍यस देशबाट धपाउनुभएका मानिसहरूको रीतिथिति माने र इस्राएलका राजाहरूले चालू गरेका रीतिथितिहरू चलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्‍नुभएका अरू जातिहरूले र इस्राएलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहले तिनीहरूका सामु धपाइदिनुभएका जातिहरूका रीतिहरू साथै इस्राएलका राजाहरूले परिचय गराएका रीतिहरू पालन गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू त्यही कुराहरू गर्न थाले जो अरू मानिसहरू गर्दथे। र परमप्रभुले ती मानिसहरूलाई भूमि छोड्न वाध्य गराए जब इस्राएलीहरू आए। इस्राएलीहरूका राजाहरूले पनि तिनीहरूलाई गलत काम गर्न लगायो।