2 Kings 17:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन कुरा परमप्रभु आफ्‍ना परमेश्‍वरले मनाही गर्नुभएको थियो, तिनै कुरा इस्राएलीहरूले गुप्‍तमा गर्थे। तिनीहरूले आफ्‍ना सबै सहरहरूमा, सानुभन्दा सानु गाउँ र ठूलाभन्दा ठूला सहरहुँदो मूर्तिपूजा गर्ने ठाउँहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे ठीक थिएन त्‍यो गुप्‍त रूपमा इस्राएलीहरूले गरे। पहरादार बस्‍ने धरहरादेखि लिएर किल्‍ला भएको सहरसम्‍मै तिनीहरूले आफ्‍ना सबै नगरहरूमा अल्‍गा-अल्‍गा ठाउँहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा गुप्‍तमा बेठीक कामहरू गरे। तिनीहरूले पहरेदार बस्‍ने धरहराबाट पर्खाल लगाइएको सहरसम्म आफ्ना निम्ति आफ्ना सबै सहरहरूमा अल्गा देवस्थानहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए। इस्राएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए।